१ |
पर्सिपल्टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्यस विवाहमा गएकी थिइन्। |
२ |
येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। |
३ |
विवाहमा दिने अङ्गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्गुरको मद्य त सकिएछ!” |
४ |
यो सुनेर येशूले भन्नुभयो, “आमा, मैले के गर्नुपर्ने हो, तपाईंले मलाई भन्नुपर्दैन किनभने मेरो काम गर्ने बेला अझै आएको छैन।” |
५ |
त्यसपछि येशूकी आमाले नोकरहरूलाई भन्नुभयो, “येशूले जे भन्छन्, त्यही गर।” |
६ |
त्यहाँ नजिकै ढुङ्गा कुँदेर बनाइएका छ वटा घ्याम्पाहरू थिए। तिनीहरूमा झण्डै एक-एक सय लिटर पानी जान्थ्यो। यस्ता घ्याम्पाहरूचाहिँ यहूदीहरूले आफूलाई चोख्याउने काममा प्रयोग गर्थे। |
७ |
येशूले नोकरहरूलाई भन्नुभयो, “यी सबै घ्याम्पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए। |
८ |
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्न दिए। |
९ |
नाइकेले पानी चाख्दा त त्यो अङ्गुरको मद्य बनिसकेको थियो। तर त्यो मद्य केबाट बनिएको थियो, त्यो कुरा उनले थाहा पाएका थिएनन्। त्यो त ल्याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने, |
१० |
“अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्छन्, तर हजुरले त अहिलेसम्म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्नुभएको रहेछ।” |
११ |
यसरी गालीलको काना सहरमा अचम्मको चिन्हद्वारा येशूले आफ्नो महिमा पहिलोपल्ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। |
१२ |
त्यसपछि येशू, उहाँका आमा, भाइ र चेलाहरूसँग तल कफर्नहुम सहरमा जानुभयो र केही दिन त्यहीँ बस्नुभयो। |
१३ |
यहूदीहरूको निस्तार भन्ने चाड आउन लागेको थियो। त्यस बेला येशू यरूशलेममा जानुभयो। |
१४ |
उहाँले मानिसहरूलाई मन्दिरमा परेवा, भेडा, गाईवस्तुहरू बेचिरहेको र पैसा साटी रहेको देख्नुभयो। |
१५ |
यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो। |
१६ |
उहाँले परेवा बेच्नेहरूलाई हकारेर भन्नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!” |
१७ |
त्यति बेला उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा सम्झे, “हे परमेश्वर! तपाईंको घरको निम्ति मेरो जोश मभित्रै आगोजस्तै बल्दछ।” |
१८ |
तर यहूदी अगुवाहरूले येशूलाई रोक्न खोज्दै भने, “के तपाईंलाई यसो गर्ने अधिकार छ? छ भने के हामीलाई कुनै अचम्मको चिन्ह देखाउन सक्नुहुन्छ?” |
१९ |
येशूले भन्नुभयो, “यस मन्दिरलाई भत्काओ अनि म यसलाई तीन दिनमा फेरि बनाउनेछु।” |
२० |
उनीहरूले भने, “के तपाईंले तीनै दिनमा बनाउनुहुन्छ त? यो मन्दिर बनाउन त छयालीस वर्ष लागेको थियो!” |
२१ |
तर येशूले भन्नुभएको मन्दिरचाहिँ उहाँको आफ्नै शरीर थियो। |
२२ |
येशू मरेकोबाट बिउँतनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको कुरामा विश्वास गरे। |
२३ |
मुक्ति-दिवस चाडको बेला यरूशलेममा हुनुहुँदा उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो। यो देखेर धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। |
२४ |
तर येशू उनीहरूमा भर पर्नुभएन किनभने उहाँले सबै मानिसलाई राम्ररी चिन्नुहुन्थ्यो। |
२५ |
उहाँले मानिसको भित्री हृदयलाई जान्नुभएको हुनाले कसैले पनि उहाँलाई कुनै मानिसको बारेमा बताउन आवश्यक थिएन।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |
|
|
|
|
|
|
|
|
|
|
जन २:1 |
जन २:2 |
जन २:3 |
जन २:4 |
जन २:5 |
जन २:6 |
जन २:7 |
जन २:8 |
जन २:9 |
जन २:10 |
जन २:11 |
जन २:12 |
जन २:13 |
जन २:14 |
जन २:15 |
जन २:16 |
जन २:17 |
जन २:18 |
जन २:19 |
जन २:20 |
जन २:21 |
जन २:22 |
जन २:23 |
जन २:24 |
जन २:25 |
|
|
|
|
|
|
जन 1 / जन 1 |
जन 2 / जन 2 |
जन 3 / जन 3 |
जन 4 / जन 4 |
जन 5 / जन 5 |
जन 6 / जन 6 |
जन 7 / जन 7 |
जन 8 / जन 8 |
जन 9 / जन 9 |
जन 10 / जन 10 |
जन 11 / जन 11 |
जन 12 / जन 12 |
जन 13 / जन 13 |
जन 14 / जन 14 |
जन 15 / जन 15 |
जन 16 / जन 16 |
जन 17 / जन 17 |
जन 18 / जन 18 |
जन 19 / जन 19 |
जन 20 / जन 20 |
जन 21 / जन 21 |