१ |
अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली– |
२ |
अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। |
३ |
यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम, |
४ |
आरामका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्मोन, |
५ |
सल्मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै |
६ |
र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्वास्नी थिइन्। |
७ |
सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, |
८ |
आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्जियाह, |
९ |
उज्जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, |
१० |
हिजकियाका छोरा मनश्शे, मनश्शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए। |
११ |
बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे। |
१२ |
बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्मे, शालतिएलका छोरा यरुबाबेल, |
१३ |
यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्याकीम, एल्याकीमका छोरा आजोर, |
१४ |
आजोरका छोरा सादोक, सादोकका छोरा आखिम, आखिमका छोरा एलिउद, |
१५ |
एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब, |
१६ |
र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्टकी आमा मरियमका लोग्ने थिए। यिनै मरियमले ख्रीष्ट भनिने येशूलाई जन्माइन्। |
१७ |
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता हुन्छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्म चौध पुस्ता नै हुन्छ। अनि त्यस समयदेखि ख्रीष्ट जन्मिने समयसम्म फेरि चौध पुस्ता नै हुन आउँछ। |
१८ |
अब येशू ख्रीष्टको जन्म यसरी भयो— उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्माबाट गर्भवती भएकी थिइन्। |
१९ |
योसेफ धर्मी मानिस थिए। त्यसो हुँदा उनले मानिसको सामुन्ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्क त्याग्ने विचार गरे। |
२० |
यस्तो विचार गरिरहँदा परमप्रभुका स्वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्याउन नडराऊ। उनको गर्भ त पवित्र आत्माबाट रहेको हो। |
२१ |
उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” |
२२ |
परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– |
२३ |
“हेर, कन्येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्मानुएल भन्नेछन्।” इम्मानुएल भनेको चाहिँ परमेश्वर हामीसित हुनुहुन्छ। |
२४ |
योसेफ निद्राबाट बिउँझे र स्वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्याए। |
२५ |
तर मरियमले छोरो नजन्माउञ्जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |
|
|
|
|
|
|
|
|
|
|
मत्ती १:1 |
मत्ती १:2 |
मत्ती १:3 |
मत्ती १:4 |
मत्ती १:5 |
मत्ती १:6 |
मत्ती १:7 |
मत्ती १:8 |
मत्ती १:9 |
मत्ती १:10 |
मत्ती १:11 |
मत्ती १:12 |
मत्ती १:13 |
मत्ती १:14 |
मत्ती १:15 |
मत्ती १:16 |
मत्ती १:17 |
मत्ती १:18 |
मत्ती १:19 |
मत्ती १:20 |
मत्ती १:21 |
मत्ती १:22 |
मत्ती १:23 |
मत्ती १:24 |
मत्ती १:25 |
|
|
|
|
|
|
मत्ती 1 / मत्ती 1 |
मत्ती 2 / मत्ती 2 |
मत्ती 3 / मत्ती 3 |
मत्ती 4 / मत्ती 4 |
मत्ती 5 / मत्ती 5 |
मत्ती 6 / मत्ती 6 |
मत्ती 7 / मत्ती 7 |
मत्ती 8 / मत्ती 8 |
मत्ती 9 / मत्ती 9 |
मत्ती 10 / मत्ती 10 |
मत्ती 11 / मत्ती 11 |
मत्ती 12 / मत्ती 12 |
मत्ती 13 / मत्ती 13 |
मत्ती 14 / मत्ती 14 |
मत्ती 15 / मत्ती 15 |
मत्ती 16 / मत्ती 16 |
मत्ती 17 / मत्ती 17 |
मत्ती 18 / मत्ती 18 |
मत्ती 19 / मत्ती 19 |
मत्ती 20 / मत्ती 20 |
मत्ती 21 / मत्ती 21 |
मत्ती 22 / मत्ती 22 |
मत्ती 23 / मत्ती 23 |
मत्ती 24 / मत्ती 24 |
मत्ती 25 / मत्ती 25 |
मत्ती 26 / मत्ती 26 |
मत्ती 27 / मत्ती 27 |
मत्ती 28 / मत्ती 28 |